वेस्टर्न डुवर्स प्रेस क्लबको वार्षिक सभा सम्पन्न

c31a8f3b-b007-4591-8886-f2560c4f9a2d


ओदलाबारीः आज मालबजारस्थित पञ्चायत समितिको हलमा आज वेस्टर्न डुवर्स प्रेस क्लबको वार्षिक सभा सम्पन्न भयो। जलपाइगढी जिल्लाका पुलिस अधिक्षक उमेश गणपत खाडौले, अतिरिक्त पुलिस अधिक्षक वाङ्गदेन भुटिया, एसडीपीओ रबिन थापा, नेपाली युवा गायक पुष्पन प्रधान, मूर्तिकार अमिर सुन्दासलगायत विभिन्न क्षेत्रका समाजसेवीहरू उपस्थित थिए। कार्यक्रममा गायक पुष्पन प्रधान, मूर्तिकार अमिर सुन्दास र माध्यमिक र उच्च माध्यमिकमा उत्कृष्ट अङ्क ल्याउने मेधावी विद्यार्थीहरूलाई सम्मान जनाएको थियो।
कार्यक्रमको दोस्रो सत्रमा प्रेस क्लबको वार्षिक सभा सम्पन्न भएको थियो। जहाँ विभिन्न विषयमा चर्चा परिचर्चा पश्चात नयाँ कमिटी गठन गरियो। जसमा चियरम्यान राजेन प्रधान, अध्यक्ष अनुप शाह, सचिव विदेश बसु, कोषाध्यक्ष रहिदुल इस्लाम लगायत १५ जनाको कमिटी गठन गरिएको छ।

About Author

Advertisement