२८ मईः खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित महकुमा स्तरीय अण्डर-१४ बोइज फूटबल लीगको दोस्रो संस्करणमा जेआर३२ फूटबल एकाडमी च्याम्पियन भयो । स्थानीय चानमारी खेल मैदानमा आइतवार लीगको अन्तिम म्याच खेलियो, जुन गत २१ मईको दिन वर्षाले गर्दा स्थगित गरिएको थियो। आजको म्याचमा हिल्स फूटबल एकाडमीले पुष्परानी रोय मेमोरियल हाई स्कूललाई ३-०-ले पराजित गऱ्यो। यस अन्तिम म्याचपछि जेआर३२ फूटबल एकाडमी र हिल्स फूटबल एकाडमीको १०-१० पोइण्ट्स पुग्यो। पोइण्ट्स बराबर भए पनि गोल अन्तरको आधारमा (१९-१३) जेआर३२ फूटबल एकाडमी च्याम्पियन र हिल्स फूटबल एकाडमी रनरअप् भयो। कार्मेल हाई स्कूल ६ पोइण्ट्सको साथ तेस्रो स्थानमा अनि पुष्परानी रोय मेमोरियल हाई स्कूल ३ पोइण्ट्सको साथ चौथो स्थानमा रह्यो। फेदमा रहने हिमाली बोर्डिंग स्कूलले खाता खोल्न सकेन। आजको म्याचमा सुरेन गुरुङ मुख्य रेफरी थिए। सहायकको भूमिकामा अरविन्द छेत्री र प्रतीक गुरुङ थिए। यसरी फोर्थ अफिसियल सञ्जय गुरुङ रहेका थिए।
संक्षिप्तमाः
च्याम्पियनः जेआर३२ फूटबल एकाडमी
रनरअप्ः हिल्स फूटबल एकाडमी
अनुशासित टीमः हिमाली बोर्डिंग स्कूल
राइजिंग प्लेयरः दावा शेर्पा अनि नर्बु शेर्पा (पुष्परानी रोय मेमोरियल हाई स्कूल)
बेस्ट गोलकीपरः अभियान छेत्री (कार्मेल हाई स्कूल)
हाईएस्ट गोल स्कोररः इशान्त भुजेल (७ गोल, जेआर३२ एफए)
प्लेयर अव् द टुर्नामेण्टः साम्देन लामा (जेआर३२ एफए)
यंगेस्ट प्लेयर अव् द टुर्नामेण्टः अनिश लेप्चा (हिल्स फूटबल एकाडमी)











