खरसाङ: तीनधारे महानदी समष्टिको लागि विभिन्न कार्यहरूका शिलान्यास गरेपछि जीटीए चिफ् अनित थापाले आफ्नो सम्बोधनमा वर्तमानमा सिलिम हिल चियाबारीमा चलिरहेको समस्यामाथि बोल्दै भोलिदेखि चियाबारी खोलिनुपर्छ भनी बताएका छन्। उनले भने, सिलिम हिलको नयाँ कमानमा जुन समस्या छ त्यसमाथि समाधानको लागि कसैले पहल गर्दैन बरू भाषणबाजी मात्रै भएको छ। नेताहरू बोल्नुपर्छ मात्र आउँछ तर समस्याको समाधानको लागि कसैले पहल गरेको छैन। यो समस्याको समाधान मालिक र श्रमिक बसेर गर्ने कुरा हो। म मालिक र प्रबन्धकलाई निवेदन गर्छु कि भोलिदेखि बगान खोलिनुपर्छ। डायलग ओपेन हुँदै गर्छ। तर अहिलेलाई बगान खोलिनुपर्छ। अहिले चिया गाछ उखेल्ने काम पनि छैन। श्रमिकहरूले गाछ उखेल्नु दिएको छैन भने नखेल्नु। पछिबाट त्यस विषयमा कुरा गरौंला। तर बगान चैं खोल्नुपर्छ।’ उनले अघि भने, श्रमिकहरूको पन्ध्रको खर्च आबो मालिकले दिन्दैन त्यसैले अब श्रमिकहरूका खर्च म दिनेछु। श्रमिकहरूले चिन्ता नगर्नु अनि मालिकले पनि चिन्ता नगर्नु म दिन्छु खर्च।’
अनित थापाले स्थानीय नेतृत्वहरूलाई आज नै गएर मालिकसित कुरा गर्नु र मेरो मेसेज सुनाई दिनु भनी निर्देशन दिएका छन्।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले तीनधारे महानदी समष्टिको जनताको सबै बुथहरूलाई हामीलाई जिताएका थिए क त्यसको लागि जनतालाई धन्यवाद भन्नु थियो। तर केही दिएर धन्यवाद दिनलाई आजको यो विभिन्न कार्यहरूका शिलान्यास हो भनी बताएका छन्। उनले भने, “विकास निरन्तर चलिरहने कुरा हो। आज पनि विकास हुँदैछ, भोलि पनि हुनेछ। विकासका योजना चाहे केन्द्रबाट आएको होस कि राज्यको तर्फबाट, तर योजनाको पैसा चाहिँ तपाईं अनि मैले तिरेको ट्याक्सको पैसा हो।”
हामीले चुनाव जित्नु मात्र राजनीतिमा उत्रेका होइनौ। हामीले धेरै चुनाव हार्यौ। तर हामीले सोचको परिवर्तन गर्ने अभियानलाई त्यागेनौ। आज पनि म वैचारिक परिवर्तनको लडाईमा छु भन्दै उनले भने, “हामीले हाम्रो चुनावी घोषणामा पञ्चायती व्यवस्था फर्क्याउनेछौं भनेका थियौं। अब पञ्चायत चुनाव हुनेछ। हामी मिसन पञ्चायतको काममा लागि सकेका छौ। जीटीए चुनाव समयमा जसरी तपाईंहरुले हाम्रो सोच अनि विचारलाई जिताउनु भयो, पञ्चायत चुनावमा पनि त्यस्तै विचारको जीत भएको होस।”










