निःशुल्क आँखा जाँच शिविर साथै चस्मा वितरण

b554b07e-8bab-4ebd-b607-06a5ee1e734a

कालचिनीः आइतबार मलङ्गी ग्राम पञ्चायतको आयोजना अनि प्रियदर्शना एनजीओका व्यवस्थापन एवम् अलिपुरद्वार जिल्ला स्वास्थ्य विभागको सहयोगितामा बीच चियाबारीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको जानकारी प्रियदर्शना एनजीओका सचिव तथा अलिपुरद्वार कलेजका प्रोफेसर बिजन सरकारले दिएका छन्। उक्त अवसरमा अलिपुरद्वारका विशिष्ट समाजसेवी मृदुल गोस्वामी, समाजसेवी बिरेन्द्र बारा उराँव, राजकमल भगत, बिरेन कुजूर लगायत अन्यान्यको उपस्थिति रहेको थियो।
यस शिविरमा प्रायः ३०० भन्दा अधिक परिवारले लाभ उठाएको बिजन सरकारले थप जनाएका छन्।
प्रियदर्शना एनजीओको व्यवस्थापनमा कालचिनी खण्डको धेरै चियाबारी गाउँहरूमा यस्तो शिविर आयोजन गर्दै आइरहेको र आँखाको मोतियाबिन्द अपरेशनको पनि व्यवस्था गर्दै आइरहेको र राज्य सरकारको अनुप्रेरणाले यो महत कार्य गर्न मदत पुऱ्याएको पनि बिजन सरकारले थप जनाएका छन्।

About Author

Advertisement