चालकहरूलाई सचेत गराउन अलिपुरद्वार जिल्ला ट्राफिक पुलिसकाे बाइक र्‍याली

Screenshot_20230528_182416_WhatsApp.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्ला ट्राफिक पुलिसले अलिपुरद्वार पुलिस स्टेशन अन्तर्गत अलिपुरद्वार जंक्शन पुलिस स्टेशनको अगाडि मोटरसाइकल चालकहरू मध्ये सचेतना फैलाउन बाइक र्‍याली निकाले। उक्त र्‍याली आइतवार दिउँसो करिब १.३० बजे अलिपुरद्वार जंक्शन पुलिस चौकीको अगाडि बाइक र्‍याली निकालेर अलिपुरद्वारको चौपाठी क्षेत्रमा गए।

ट्राफिक पुलिस हरु आ–आफ्ना मोटरसाइकलमा ‘मोटरसाइकल चलाउँदा मोबाइल फोन प्रयोग नगर्नुहोस्’, ‘मोटरसाइकल चलाउँदा हेल्मेट लगाउनु होस्’, ‘चारचक्के चलाउँदा सिट बेल्ट प्रयोग गर्नुहोस्’, ‘मदिरा सेवन नगर्नुहोस्’, ‘आफू पनि बचानु होस्, अरुलाई पनि बचाउनुहोस्’ आदि जस्तो प्लेकार्डको साथ र्‍यालीमा सहभागी भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement