नाजुक अवस्थामा सडक

IMG-20230528-WA0243.jpg

सिलगढी: माटिगारा जोन २ का स्थानीय बासिन्दाहरुले केही समयदेखि माटिगारा विनय कृष्णपल्ली अर्थात रामघाट पुलदेखि चौरङ्गी मोडसम्मको सडकको अवस्था निकै नाजुक भएको गुनासो गर्दै आएका छन्। दिनहुँ विभिन्न समस्या झेल्नुपरेको स्थानीयहरुले बताएका छन्। २०१९ मा निर्माण भएको यस सडककाे, निर्माण भएको एक वर्षपछि नै अवस्था बिग्रन थाल्यो। माटिगारा अञ्चल २ का पञ्चायत सदस्य विकास राईसँग यस बिषय प्रश्न गर्दा, यस पदमा वहाँ नयाँ आएको बताए। यसैबीच उनले एक वर्षमा यस क्षेत्रमा २ नाला, ३ सडक निर्माण गरेका छन्। उनले यसबारे एसजेडीए र विभागमा पनि कुरा गरिसकेका छन्। उनले सडक निर्माणको काम छिट्टै शुरु हुने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement