रबीन्द्र भवन, ट्री हाउस, अर्किड हाउस, ट्रपिकल नर्सरी गार्डन् पछि मङपुमा सिकसिनमा रोडोडेन्ड्रन (लालीगुरास) पार्क पनि पर्यटकहरुको निम्ति आकर्षक केन्द्र बनिने भएको छ
मङपु: सिन्कोना बगान निर्देश्क डा. सामुएल राईको पहलमा यहाँको स्थानीय सिकसिनमा यो पार्कको नवनिर्माण
भईरहेको छ। सिन्कोना बगान अधिनस्थ ६८ लाखको लागतमा बनिएको यो रोडोडेन्ड्रन पार्कको उद्घाटन केही महीना अघि राज्य हर्टिकल्चर विभागका सचिवले गरिसकेका छन्। पर्यटकहरुको निम्ति यो रोडोडेन्ड्रन पार्क चाडै नै खोलिने सिन्कोना निर्देशक डा. सामुएल राईले एक भेट वार्तामा पत्रकारहरुलाई बताएको छ।
यहाँको सिन्कोना बगानको खाली जमीन जहाँ रोडोडेन्ड्रन (लालीगुराँस)को फुल राम्रो हुने भएको कारण नै यस ठाँउमा लालीगुराँसको खेती गरि पर्यटकहरुको आकर्षक केन्द्र बनाउने मुख्य सोच रहेको कुरा निर्देशक डा. राईले जनाएका छन्।
यस ठाउँबाट कन्चनजङ्गाको मनोरम दृश्य अक्टोबर देखि मार्च महीना सम्म एकदमै सुन्दर देखिने भएको कारण अनि सिकसिन नजिकैको रमिते डाँडाबाट बिहानीको सुर्योदय अवलोकन गर्न सकिने भएकोले पर्यटन क्षेत्रको निम्ति भविष्यमा गएर यस ठाउँलाई एक माईल खुट्टी नै साबित हुनेभएको छ।साँच्चै नै भन्नुपर्दा दार्जिलिङ जिल्लामा नै मङपु सिकसिन रोडोडेन्ड्रन पार्क एक आकर्षक पर्यटन केन्द्र बनिने छाँट देखा परेको छ।
मङपुमा सिन्कोना विभागले पर्यटनको आकर्षक केन्द्रको निम्ति ट्री हाउस अनि रोडोडेन्ड्रन पार्क नवनिर्माण गरि मङपूको पर्यटन मानचित्रलाई बिश्वसामु चिनाउन सक्षम भएकोमा मङपू ईको टुरिजम वेलफेयर सोसाईटी संस्थाले सिन्कोना बगान निर्देशक डा. सामुएल राई अनि राज्य हर्टिकल्चर विभागका मन्त्री अनि सचिवलाई आभार व्यक्त गरेका छन्।