जलपाईगुडी: जलपाईगुडी अस्पतालको ब्लड बैंकमा रगतको अभावलाई पूरा गर्न सिटी डे मार्केटको “महेश्वरी सभा” अगाडि आएकाे छ। “महेश्वरी सभा”ले आइतबार भगवान शिवको पूजा–आराधनासहित सानो गौशालामा रक्तदान शिविरकाे आयोजना गरे। रक्तदानमा महिला तथा पुरुष रक्तदाताहरुको सहभागिता रहेको थियो।









