नयाँ दिल्ली। राष्ट्रिय जनतान्त्रिक गठबन्धनको तर्फबाट राष्ट्रपति पदकी उम्मेदवार द्रौपदी मुर्मूले आज प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गरिन्। शुक्रवार उनले आफ्नो नामांकन पत्र दर्ता गर्नेछिन्।
प्रधानमन्त्री मोदीले ट्वीटरमा भेटको फोटो साझा गर्दै लेखे, ‘श्रीमती द्रौपदी मुर्मूसित भेट गरे। उनको राष्ट्रपति पदको नामांकनलाई समाजका सबै वर्गहरूद्वारा पूरा भारतमा सराहना गरिएको छ। जमीनी समस्याहरूबारे उनको ज्ञान र भारतको विकासको निम्ति उनको दृष्टि अतुलनीय छ’।
राष्ट्रपति पदको उम्मेदवार घोषित भएपछि मुर्मू पहिलो पल्ट आज राष्ट्रिय राजधानी पुगिन्। उनको दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय हवाई अड्डामा केन्द्रिय मन्त्रीहरू- गजेन्द्र सिंह शेखावत, अर्जुन मुण्डा, अर्जुन राम मेघवाल, डा. वीरेन्द्र कुमार र भाजपा नेता मनोज तिवारी, रामबीर सिंह बिधूड़ी, रमेश बिधूड़ी, भाजपा दिल्ली प्रदेश अध्यक्ष आदेश गुप्ता समेत अनेक नेताहरूले स्वागत जनाए।