आईपीएल २०२३: च्याम्पियनलाई २० करोड़ अनि रनरअप् हुनेलाई १३ करोड़ रुपियाँको पुरस्कार

IMG-20230527-WA0309.jpg

२७ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३ सीजनको फाइनलमा आइतवार चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच भिड़न्त हुनेछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा महेन्द्र सिंह धोनी र हार्दिक पाण्ड्यामा ट्रफी जसले उठाए पनि दुवै टीममाथि धनको वर्षा हुने तय छ। विश्वको सबैभन्दा लोकप्रिय टी२० लीगमा च्याम्पियन हुने टीमलाई २० करोड़ रुपियाँको नगद पुरस्कार प्राप्त हुनेछ। यसरी नै फाइनलमा हार्ने टीमको झोलीमा पनि १३ करोड़ रुपियाँ पर्नेछ। यतिमात्र नभएर तेस्रो सर्वश्रेष्ठ टीमको रूपमा क्वालीफायर २-मा पराजित हुने मुम्बई इण्डियन्सले पनि ७ करोड़ रुपियाँ पाउनेछ। यसरी नै एलिमिनेटर म्याचमा पराजित हुने लखनऊ सुपर जाइण्ट्सको टीमले ६.५ करोड़ रुपियाँ पाउनेछ। यसरी व्यक्तिगत पुरस्कार जित्ने खेलाड़ीहरूले पनि मोटो रकम पाउनेछन्। यसमा एमर्जिंग प्लेयर अव् द टुर्नामेण्टले २० लाख रुपियाँ र सुपर स्ट्राईकर अव् द सीजनले १५ लाख रुपियाँ पाउनेछन्। ओरेञ्ज र पर्पल क्याप जित्ने खेलाड़ीहरूले १५-१५ लाख रुपियाँ गरेर हासिल गर्नेछन्। मोस्ट भ्याल्यूएबल प्लेयर अव् द सीजन र सर्वाधिक छक्का हिर्काउने खेलाड़ीले १२-१२ लाख रुपियाँ गरेर खल्तीमा हाल्नेछन्। गेम चेञ्जर अव् द सीजन-को पुरस्कार जित्नेले १२ लाख रुपियाँ पाउनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement