अलिपुरद्वार: एगरा काण्डपछि राज्यमा पुलिस प्रशासनले प्रतिबन्धित पटेका तथा अवैध फ्याक्ट्रीहरूविरुद्ध अभियान शुरू गरेको छ। अदालतको आदेशअनुसार आज अलिपुरद्वारको फालाकाटा थानाको गोदाममा अधिक मात्रामा जफत गरेर राखेको पटेका निष्क्रिय गरिदिएको छ। आज फालाकाटा थानाको तोर्षा नदीस्थित सुनसान इलाकामा ती पटेकाहरू सावधानीको साथमा निष्क्रिय गरिदिएको बताइएको छ। बम स्क्वाडको उपस्थितिमा सो जफत गरेको पटेका निष्क्रिय गरिएको हो।