काठमाडौं: श्रीच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को उपाधि जितेकी छन्l अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले प्रधानलाई ताज लगाइदिइन्। शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधानले उपाधि जितेकी हुन्। फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते। समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरिएको छ। २३ वर्षिया श्रीइच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन्।