ऱ्याङकिंगमा सुधारः भारत १०४औं स्थानमा

IMG-20220623-WA0129.jpg

२३ जूनः भारतीय पुरुष फूटबल टीमलाई एशियन कप क्वालीफायरमा प्रभावशाली प्रदर्शनको फाइदा प्राप्त भयो अनि टीम बिहीवार जारी फीफाको ताजा विश्व ऱ्याङकिंगमा 2 स्थान अघि बढ़ेर १०४औं स्थानमा पुग्यो। भारतीय टीम अहिले न्यूजील्याण्ड (१०३) भन्दा एक स्थान तल रहेको छ, जो यस महिनाको शुरुवातमा अन्तरमहाद्वीपीय प्लेअफ्-मा कोस्टा रिका विरुद्ध ०-१-ले पराजित भएर फीफा विश्व कपमा स्थान बनाउनदेखि चुकेको थियो। एशियाई फूटबल परिसंघ (एएफसी) सदस्यहरूमा भारत पहिला झैं १९औं स्थानमा रहेको छ। ईरान समग्रमा २३औं स्थान अनि एएफसी देशहरूमा शीर्ष स्थानमा कायम छ। सुनिल छेत्रीको अगुवाईमा रहने भारतीय टीमले यस महिनाको शुरुवातमा एशियन कप २०२३ क्वालीफायरमा सर्वश्रेष्ठ प्रदर्शन गर्दै गर्दै ग्रुप डी-मा तीनैवटा म्याच जितेर शीर्ष स्थानमा रहेर टुर्नामेण्टको निम्ति क्वालीफाई गरेको थियो। फीफा विश्व ऱ्याङकिंगमा ब्राजील शीर्ष स्थानमा कायम छ। त्यसपछि बेल्जियम, अर्जेण्टिना, फ्रान्स, ईंग्ल्याण्ड, स्पेन, इटली, नीदरल्याण्ड, पोर्तुगल र डेनमार्क रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement