कालचिनीः गत १७ मईको दिन दलसिंहपाड़ा गोपालबहादुर बस्ती निवासी श्याम सार्कीलाई एउटा जङ्गली हात्तीले आक्रमण गरेर गम्भीर घाईते बनाएको थियो । तिनको उपचारको क्रममा १८ मईको दिन मृत्यु भएको थियो।
यसरी जङ्गली हात्तीको आक्रमणमा परेर ज्यान गुमाएको परिवारलाई बन विभागले सरकारी नियम अनुसार शनिबार ५ लाख रुपियाँको चेक प्रदान गरेको छ। बन विभागद्वारा शनिबार उक्त चेक प्रदान गर्ने क्रममा हेमिल्टनगञ्ज रेञ्जर अंकन नन्दी लगायत कालचिनी पञ्चायत समितिको बन अनि भूमि कर्माध्याक्ष रोशन उराँव, दलसिंहपाड़ा ग्राम पञ्चायतका प्रधान सुजाता गोले एवम् अन्यान्यको उपस्थिति रहेको थियो।