२७ मईः खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा सीनियर वर्गमा खरसाङ सुपर लीग १ जूनदेखि आयोजन गरिनेछ। लीगमा जम्मा ११ वटा टीमले हिस्सा लिनेछ, जसमा सुकनाको कञ्चनजंघा फूटबल क्लब पनि सामेल छ। दुईवटा सेमिफाइनल २२ जूनमा खेलिनेछ। फाइनल २५ जूनमा हुनेछ। लीगको फाइनलमा पुग्ने दुईवटा टीमलाई आउँदो हर्ली कपमा सिधै प्रवेश दिइनेछ।