सिलिम हिल चियाबारीको समस्या लिएर श्रमिकहरूसितै धरणामा सामेल भए अजय एडवर्ड

IMG-20230527-WA0243.jpg

जबसम्म श्रमिकहरूका माग मालिक पक्षले मान्दैन तबसम्म म लागि पर्नेछु: अजय एडवर्ड

खरसाङ: तीनधारे महानदी समष्टिको सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ चलिरहेको समस्या विषय लिएर श्रमिकहरूले गरिरहेको धरणा प्रदर्शनमा आज हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्ड पुगेका छन्। उनी श्रमिकहरूसितै धरणामा सामेल भएका थिए। नयाँ कमानमा हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले श्रमिकहरूसितै धेरै बेरसम्म समय बिताएका थिए भने श्रमिकहरूसित बातचीत पनि गरेका थिए। उनले श्रमिकहरूका धरणामा पनि सामेल भएर बसेका थिए। सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ कमानका श्रमिकहरूसितै धरणामा बसेका हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले आफ्नो सम्बोधनमा जबसम्म नयाँ कमानको समस्या समाधान हुँदैन तबसम्म आफु लागि परिरहने बताएका छन्। उनले भने, यो ठूलो समस्या होइन कारण यहाँको श्रमिकहरूले ठूलो माग गरेका छैनन् केवल गाछ नखेल्नु भनेको मात्रै हो। त्यसैले जबसम्म यहाँको श्रमिकहरूको माग मालिक पक्षले मान्दैन तबसम्म म लागि पर्नेछु। हाम्रो पार्टीको अन्यहरूमा हाम्रो हिल तराई चियाबारी श्रमिक संगठनको केन्द्रीय अध्यक्ष डीके गुरुङ लगायत अन्यले पनि सम्बोधन गरेका थिए।

उक्त कार्यक्रमलाई हाम्रो पार्टी खरसाङको प्रवक्ता विवेक तामाङले सञ्चालन गरेका थिए। पार्टी अध्यक्ष अजय एडवर्डसित हाम्रो पार्टीको अन्य प्रतिनिधिहरू पनि नयाँ कमान चियाबारीमा चलिरहेको धरणा प्रदर्शनमा उपस्थित रहेका थिए। उल्लेखनीय छ, खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ कमानमा प्रबन्धक पक्षले चियाको गाछहरू उखेल्न निर्देशन दिएको विरोधमा श्रमिकहरूले गत १९ मईदेखि लगातार रूपमा धरणा प्रदर्शन गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement