नयाँ शिक्षानीति बारे थप जानकारी
नयाँ दिल्ली: नयाँ शिक्षा नीति लागू भएको छ। अब उसो आरम्भदेखि कक्षा ५ सम्म मातृभाषामा शिक्षा अनिवार्य भएको छ। अब अंग्रेजी स्कूलहरूमा पनि ५ क्लाससम्म स्थानीय/ मातृभाषामा नै पढाउन अनिवार्य भएको छ।नानीलाई अंग्रेजी बोलेको मात्र मन गर्नेहरूले नानीलाई अब उसो शुद्ध नेपाली पनि सिकाउनु होस्। आउँदा दिनहरूमा नेपाली/मातृ भाषाका शिक्षक र नेपाली भाषा जान्नेको धेरै खाँचो पर्नेछ। आफ्नो भाषा राम्रो नजान्नेले अर्को भाषा पनि राम्रोसित जान्दैन। यो सत्य हो। आमालाई बेवास्ता गर्नेलाई भोलि अर्को समाजले पनि अस्वीकार गर्नेछ। महाकवि देवकोटा धाराप्रवाहसित अंग्रेजी बोल्थे, अङ्ग्रेजीमा महाकाव्य लेखे, उनी आफैंले भनेका छन्, ‘म नेपाली बोल्नेसित बोल्नै मन गर्दिनथेँ,’ आफ्नो भाषाको महत्व बुझेर वा कुनै अङ्ग्रेजको हेपाई पाएपछि उनले अंगेजी बोल्न त के अंग्रेजी पुस्तक नै पढ्न छाडे। देवकोटाको ‘हाय हाय अंग्रेजी’ निबन्ध पढिहेरे थाहा भैहाल्छ।अङ्ग्रेजी स्कुलमा पढाए पनि घरमा नानीलाई राम्रोसित नेपाली लेख्न र बोल्नमा सहयोग गरौँ। आफूलाई र आफू उभिएको धर्ती नबिर्सौं। अङ्ग्रेजी पढ्दा आफ्नो भाषा पनि सिकाउँदै गरौं। थाङने नै भए पनि जन्मदिने आमा कुइरी मेमभन्दा श्रेष्ठ र प्रिय नै हुन्छ, पवित्र हुन्छ। नबिर्सौं रामकृष्ण ढकालको गीतले भनेको कुरा – ‘आफ्नो मान्छे आफ्नै हुन्छ।’
सर्वसाधारणलाई ज्ञात होस् भनी जानकारीको लागि भारत नयाँ शिक्षानीतिको संक्षिप्त साझा गरिएको छ।
कैबिनेटले नयाँ शिक्षानीति (एनईपी २०२०)लाई अनुमोदन गरेको छ। ३६ वर्षपछि भारत सरकारले शिक्षानीतिमा ठुलो परिवर्तन गरेको छ। यो निति निम्न किसिमको छ –
पहिलो ५ वर्ष आरम्भिक शिक्षा ४ वर्षदेखि शुरु हुन्छ। यो निम्न किसिमको हुनेछ –
१. नर्सरी ४ वर्षदेखि
२. जुनियर केजी ५ वर्षदेखि
३. सिनियर केजी ६ वर्षदेखि
४. प्रथम श्रेणी ७ वर्षदेखि
५. दोस्रो श्रेणी ८ वर्षदेखि
३ वर्ष प्रिपेरोटोरी ६. तेस्रो श्रेणी ९ वर्षदेखि
७. चौथो श्रेणी १० वर्षदेखि
८. पाँचौं श्रेणी ११ वर्षदेखि
३ वर्ष मिडल ९. छैटौ श्रेणी १२ वर्षदेखि
१०. सातौ श्रेणी १३ वर्षदेखि
११. आठौँ श्रेणी १४ वर्षदेखि
४ वर्ष सेकेन्डरी
१२. नवौ श्रेणी १५ वर्षदेखि
१३. दशौँ श्रेणी १६ वर्षदेखि
१४.एफवाईजेसी १७ वर्षदेखि
१५.एसवाईजेसी १८ वर्षदेखि
*अब कक्षा पाँचसम्म मातृभाषा, स्थानीय भाषामा पढाउन अनिवार्य भएको छ।
बाकी विषय अंग्रेजी नै भए पनि एउटा विषय मातृभाषा अनिवार्य रुपमा पढ्नु पर्ने छ।
- कक्षा ९ देखि नै परीक्षा सेमिष्टर प्रणालीमा हुनेछ।
- स्कूली शिक्षामा ५+३+३+४ नियम लागू हुन्छ।
अब १० क्लासको बोर्ड परीक्षा समाप्त भएको छ। अब १२ क्लासमा मात्रै बोर्ड परीक्षा हुन्छ।
*कलेजको डिग्री ४ वर्षको हुन्छ। एक वर्ष पढ्दा प्रमाण पत्र, दुई वर्षमा डिप्लोमा, तीन वर्ष पढ्दा डिग्री हुन्छ। मास्टर गर्न चाहानेले चार वर्षको डिग्री कोर्स पढ्नुपर्छ। १ वर्ष, २ वर्ष, ३ वर्ष जति पढेर छोडे पनि त्यही अनुसारको डिग्री पाइन्छ।
एमफिल को डिग्री समाप्त भयो।
अब एमए सकेर सिधै पिएचडी गर्न पाइनेछ।
देश भरीमा ४५ हजार कलेजहरू छन्। अझ अरु धेरैलाई उच्च शिक्षा दिने उद्धेश्य लिएर सरकारले विभिन्न किसिमका अनलाइन कोर्स र लैबको विस्तार गर्ने छ।
यी प्राथमिक परिवर्तनहरू लगायत केन्द्र सरकारले शिक्षाका क्षेत्रमा अरु थुप्रै र ऐतिहासिक परिवर्तनहरू गरेको छ।