लाखौँ रुपियाँको सुनको गरगहना चोरी, जाँचमा जुट्यो पुलिस

00-1-Chheriya-Samachar-3

राजगञ्जः एकजना व्यक्तिले सुनको गहना किन्ने मान्छे बनेर सुन दोकानबाट लाखौँ रुपियाँ मूल्यको सुनको बहुमूल्य गरगहना चोरी गरेर चम्पट कसेको छ। सम्पुर्ण घटना दोकानमा जडान गरिएको सीसीटीभी क्यामारामा कैद गरिएको छ। यो घटना हिजो अपरान्ह बेलाकोवा बजारस्थित एउटा सुन दोकानमा घटेको हो। प्राप्त जानकारी अनुसार हिजो अपरान्ह दुईजना व्यक्ति सुनको गरगहना किन्ने बहाना गरेर दोकानमा गएपछि त्यहाँ सुनको चेन र कानको बाली लगायत अन्य समान देखाउने आग्रह गरे। यसपछि ती दुईले दोकान मालिकलाई बातमा भुलाएर लाखौँ रुपियाँको सुनको गर गहना लिएर चम्पट कसेको बताइएको छ। दोकान मालिक दिलीप चक्रवर्ती हुन्। ती दुई व्यक्तिले लगभग २१ ग्राम ४०० मिलिग्राम सुनको गरगहना चोरी गरेर चम्पट कसेको हो। सो गर-गहनाको अनुमानित बजार मूल्य एक लाख पचास हजार रुपियाँ रहेको छ।
दोकान मालिकले घटनाबारे बेलाकोवा पुलिस आउटपोस्टमा अभियोग दर्ता गरेपछि पुलिसले घटनाको जाँच शुरू गरेको
छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement