उत्तर दिनाजपुर: २६ अप्रैल राति कालियागञ्जमा पुलिस जवानको गोली लागेर एक युवकको मृत्यु भयेकाे घटना मा पुलिस विरुद्ध मामिला दर्ता भएको छ। विष्णुपुर ग्राम पञ्चायतको बेलदिघी गाउँकाे एक उस्मान अली नामका व्यक्तिलाई पक्राउ गर्न जादा पुलिसलाई देखेर भागदा पुलिस उनको पछि लागे। तर राति पुलिस उस्मान अली बिना नै फर्किए। शनिबार बिहान उनको शव घरभन्दा केही टाढा गाउँको मकै खेतमा फेला परयाे। उस्मानकाे परिवारले पुलिस माथी उस्मानलाई कुटपिट गरी उनको हत्या गरेको आरोप लगाएको छ। मृतकको शव बरामद गरी पोस्टमार्टमका लागि रायगञ्ज मेडिकल कलेज पठाइएको छ। बेलदिघी गाउँमा ठूलो संख्यामा पुलिस पिकेट तैनाथ गरिएको छ। रायगञ्ज पुलिस चौकीका उच्च पुलिस अधिकारी घटनास्थलमा छन्। तर, परिवारले पुलिस अनुसन्धानमा विश्वास नगर्दै सीबीआई जाँचकाे माग गरेका छन्।