सुकुना: सुकुना साहित्यिक सांस्कृतिक संस्थानद्वारा स्थानीय खस हितकारी कार्यालयमा साहित्यिक सांस्कृतिक शैक्षिक कार्यक्रम संस्थानकै अध्यक्ष सूर्यमणी शर्माको अध्यक्षतामा सम्पन्न भयो। संस्थानमा मूल सचिव जे बी बस्नेतले स्वागत वक्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे बताए भने संस्थानका पदाधिकारीहरू क्रमैले के के विश्वकर्मा, खग गुरागाईं, नवराज छेत्री, अनुरा खवास आदिले स्वरचित कविता सुनाए। कार्यक्रममा संस्थानका सदस्य श्रीमती सविता सुब्बा अनि विद्या राईले वक्तव्य राखे।समारोह अध्यक्ष सूर्यमणि शर्माले यस्ता कार्यक्रमको आयोजनाले सुकुनाको साहित्यिक सांस्कृतिक क्षेत्र अझ विकसित बन्ने बताउँदै उपस्थित सबैलाई धन्यवाद जनाए। ज्ञातब्द रहोस यस संस्थानले यसै महिना क्षेत्रका विद्यार्थीहरूलाई लिएर सिलगढी, सिक्किम आदिका प्राध्यापकहरूद्वारा करियर काउन्सेलिङ पनि आयोजना गरेको थियो।