नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण ३१ मई देखि ३ जूनसम्म

prc_103

काठमाण्डौँः नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण ३१ मई देखि ३ जुनसम्म हुने भएको छ। नेपाल र भारतको विदेश मन्त्रालयले आज शनिवार विज्ञप्तिमार्फत् भ्रमण तालिका सार्वजनिक गरेका हुन्। नेपालको विदेश मन्त्रालयका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री प्रचण्डको भ्रमण हुन लागेको हो। भ्रमण टोलीमा प्रचण्डकी छोरी गंगा दाहाल, मन्त्रीहरू, सचिवहरू र सरकारका उच्च पदस्थ कर्मचारी सहभागी हुनेछन्।

जून १ मा प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने उल्लेख छ। त्यसपछि संयुक्त पत्रकार सम्मेलन हुनेछ। प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग पनि भेट्ने कार्यक्रम तय छ। प्रचण्डले उजैन र इन्दोरको पनि भ्रमण गर्ने तय छ। तेस्रोपटक प्रधानमन्त्री भएपछि यो प्रचण्डको पहिलो विदेश भ्रमण हो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement