छत्तीसगढ़ः नक्सली भिड़न्तमा बीएसएफ जवान घाइते

nat-3

काँकेर/ रायपुरः छत्तीसगढ़को काँकेर जिल्ला अधिनस्थ बड़गाउँ थाना क्षेत्रमा शनिवार बिहान नक्सलीहरूसित भएको भिड़न्तमा बीएसएफका एक जवान घाइते भए। घाइते जवानलाई अस्पताल पुऱ्याइएको छ।

पखांजुर अनुविभागीय अधिकारी रवि कुजूरले घटनाको पुष्टि गर्दै भने, घाइते जवान मेंड्रा क्याम्प बीएसएफ १७८ बीएनका हुन्। यस क्याम्पका जवानहरू खोजी अभियानको लागि हिँड़ेका थिए।

उनले बताए, यस अवधि घात लगाएर बसेका नक्सलीहरूले जवानहरूमाथि हमला गरे। जवानहरूले पनि यसको सशक्त ढंगमा सामना गरे। भिड़न्तमा एक महिला नक्सली घाइते भएको सूचना प्राप्त भएको छ। यी महिला नक्सली संगठन आरकेबी डिभीजनकी सदस्य रहेको बताइएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement