प्रतिकूल मौसममा मेरू सुमेरू पर्वतमा फसेका तीर्थयात्रीको लागि देवदूत बने एसडीआरएफ जवान

nat-3

रूद्रप्रयाग (उत्तराखण्ड)– मौसम बिग्रिएको कारण केदारनाथको मेरू सुमेरू पर्वतमा फसेका तीर्थयात्री सचिन गुप्ता (३८) -को लागि एसडीआरएफका जवान देवदूत साबित भए। उत्तर प्रदेशको वृन्दावन निवासी सचिनलाई सुरक्षित निकालिएको छ।

जिल्ला नियन्त्रण कक्षले गए २६ मईको दिन एसडीआरएफलाई सूचित गरेको थियो कि केदारनाथदेखि भैरव मन्दिर तर्फ तीन-चार किलोमीटर अगाड़ि मेरू सुमेरू पर्वत नजिक एकजना तीर्थयात्री फसेका छन्। मौसम प्रतिकूल छ। भारी मात्रामा हिमपात भइरहेको छ। त्यसपछि एसडीआरएफ टीम त्यहाँको निम्ति प्रस्थान भयो।

एसडीआरएफका जवानहरूले अत्यधिक विकट परिस्थिति, दुर्गम मार्ग औ भारी हिमपातबीच पनि अदम्य साहसको परिचय दिँदै हिउँमा पैदल हिँड़ेर सचिन नजिक पुगे। जवानहरूले वैकल्पिक संसाधनहरूको प्रयोग गरी सचिनलाई सुरक्षित केदारनाथ पुऱ्याए। त्यसपछि तिनलाई विवेकानन्द अस्पतालमा भर्ती गराइयो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement