हात्तीको आक्रमणमा परी मृतकका आफन्तलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति

IMG-20230527-WA0167.jpg

अलिपुरद्वार: कालचिनी ब्लकको दलसिङपाडा गोपाल बहादुर बस्तीमा हात्तीको आक्रमणमा मारिएका व्यक्तिका आफन्तहरूलाई वन विभागले शनिबार बिहान ११ बजे ५ लाख रुपैयाँ क्षतिपूर्तिको चेक हस्तान्तरण गरेको छ। १७ मई दलसिङपाडा गोपालबहादुर बस्तीमा जङ्गली हात्तीको आक्रमणबाट इलाकावासी श्याम सार्की गम्भीर घाइते भएका थिए ।पछि त्यहाँका मानिसहरू र वनकर्मीहरूले उनलाई पहिले लताबारी अस्पताल र त्यसपछि अलिपुरद्वार जिल्ला अस्पतालमा गम्भीर अवस्थामा लगे। श्याम सार्कीको अलिपुरद्वार जिल्ला अस्पतालमा उपचारको क्रममा १८ मईको बिहान मृत्यु भएको थियो। ह्यामिल्टनगञ्जका रेन्ज अधिकृत धरना नन्दी, कालचिनी वन प्रमुख रोशन उराँ, दलसिङपाडा प्रमुख सुजाता गोले आज बिहान मृतक श्याम सार्कीको घर पुगेर वन विभागको नियमानुसार श्याम सार्कीको परिवारलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement