अब नक्सलबारी स्टेशनमा कञ्चनकन्या एक्सप्रेसको स्टपेज

IMG-20230527-WA0154.jpg

सिलगढी: अलीपुरद्वार-सियालदह कञ्चनकन्या एक्सप्रेस नक्सलबारी स्टेशन हुदै कुद छ, तर अहिलेसम्म यहाँ यसको कुनै स्टपेज थिएन। त्यसैले क्षेत्रका जनताले कञ्चनकन्या एक्सप्रेसलाई नक्सलबारीमा रोकिनुपर्ने माग गरी रहेका थिए। सोही माग पूरा गर्दै शनिबारदेखि कञ्चनकन्या एक्सप्रेसलाई नक्सलबारी स्टेशनमा औपचारिक रुपमा रोकने क्रम शुरु भएको छ। यस अवसरमा आज नक्सलबारी स्टेशनमा रेलवेले एक कार्यक्रमकाे आयोजना गरेका थिए। कार्यक्रममा दार्जिलिङका सांसद राजु बिष्ट पनि उपस्थित थिए। आज सियालदहदेखि आउने कञ्चनकन्या एक्सप्रेस लाई नक्सलबारी स्टेशनमा दुई मिनेट रोकी यस स्टपेज को औपचारिक शुरुवात गरीयाे। सांसद राजु बिष्टले हरियो झण्डा देखाएर अलिपुरद्वारको लागि रेल यात्रा विदा गरे। उक्त कार्यक्रममा रेलवेका उच्च अधिकारीहरू पनि यस कार्यक्रममा उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement