काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जेठ ३१ मईदेखि ३ जूनसम्म हुने भारत भ्रमणको कार्य तालिका सार्वजनिक भएको छ। शनिबार विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्य तालिका सार्वजनिक गरेको छ। गत वर्ष दिसम्बरमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्री दाहालको यो पहिलो विदेश भ्रमण हुन लागेको हो।
प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, मन्त्रीहरू, सचिवहरू र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित हुने विदेश मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रम तालिकाअनुसार प्रधानमन्त्री दाहालले १ मईमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्नेछन्। त्यसपछि दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दाहाल नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने नेपालको विदेश मन्त्रालय र भारतको विदेश मन्त्रालयले जनाएका छन्।