मङपू: सिन्कोना एवं अन्य औषधीय विरुवा निर्देशालयले बगानमा केही बर्ष देखि बगानको खाली जमीनहरुमा विभिन्न औषधीय मुलक विरुवाहरु लगाउने कार्य युद्ध स्तरमा गरिरहेका छन्। यसरी सिन्कोना निर्देशक डा. सामुएल राईले बगानमा उमारिएका सिट्रोनिला, तितापाती अनि अन्य औषधीय विरुवाहरुको तेल तयार पार्न मोबाईल एक्स्ट्रीक्रेशन युनिटको गाडी बगानमा ल्याएर काम शुरु गरिसकेको छ।बगान निर्देशक डा.राईले हालमा समयको माग अनुसार नै यस प्रकारको मोबाईल मेशिन गाडी बगानमा ल्याएका कुरा बताएका छन् ।महेन्द्रको पिकअप बोलेरगाडीमा लखनववाट यो मोबाईल एग्रीक्रेशन युनिट तयार पारेर ल्याएको कुरा एक भेटमा जनाएका छन्। कुनै पनि औषधीय विरुवाहरुको तेल निकाल्नको निम्ति क्यारीङ चार्जको कारण खर्च धेरै लाग्ने हुनाले यस गाडीको लगाएको मेशिन मार्फत कार्य शुरु गर्दा खर्च धेरै कम लाग्ने अनि छोटो समयमा कार्य हुने साथै यस बोलेरो पिकअप गाडी फोर बाई फोर भएकोले यहाँको डडुवा नर्सरी,जोगीघाटको भ्यान नर्सरी अनि अन्य ठाँउमा सजिलो सित यो मेशिन भएको गाडीलगेर कार्य गर्नु सक्ने कुरा जनाए।सिन्कोना निर्देशक डा. राईले सिन्कोना बगानको प्रत्येक काम नै अहिलेको अत्यधुनिक तक्निकि द्वारा शुरु गरिसकेको बताएको छन् उनलेे हालैमा बगानमा लगाएको विभिन्न विरुवाहरु जस्तै रबरको रुख अनि अन्य औषधीय विरुवाहरुमा रुखको टुप्पोमा रोग लाग्ने भएको कारण मोबाईल ड्रोनको मेशिन मार्फत ती औषधीय विरुवाहरुमा दबाई लगाउनको निम्ति काम शुरु गरेको पनि थाहा लागेको छ।
निर्देशक डा.सामुएल राईले सिन्कोना बगानमा अहिलेको अत्यधुनिक तक्नीकी मेसिनहरु प्रयोग गरी बङ्गालमा मात्र नभएर भारत भित्रमा नै सिन्कोनालाई चिनाउने कार्य गरिरहेको कुरा बताउदै भविष्यमा गएर यस प्रकारको कामले सिन्कोना उद्योगको पहिचान बडेर जाने कुरामा आफू आशावादी रहेको कुरा जनाए।
बगान निर्देशकले सिन्कोना उद्योगको कार्यप्रणालीमा मात्र अत्याधुनिक तक्निकीको प्रयोग नगरेर बगानमा कार्य गर्ने श्रमिक कर्मचारीवर्गको धेरैवटा काम कुरा पनि अनलाईन गरिसकेको कुरा बताए।बगानमा श्रमिक कर्मचारीलेवर्गले पाउने “मोडल हाउस” पक्की घर पनि ग्रेडेशन लिस्टको आधारमा नै हुने साथै अनि श्रमिकको हक र अधिकार भित्र पाउने कुराहरु पनि समयको माङ्ग अनुसार अनलाईन नै शुरु गरिदिसकेको कुरा जनाए।स्मरण रहोस सिन्कोना बगानमा पहिले पनि ग्रेडेशन लिस्टको आधारमा काम नभएकोले थुप्रै कुराको समस्य देखापर्नको साथै अदालतमा मुद्दा हालहाल भएको कारण बगान श्रमिकले थुप्रै समस्य झेल्नुपरेको थियो भनेर अब सम्पुर्ण कुरा अनलाईन मार्फत नै हुने भएकोले बगानको सम्पुर्ण काम कुरा पारदर्शिताको साथ सबैको अघि छर्लङ हुने भएको छ।
साच्चै भन्नू हो भने युनियनको नेतागण ढाटेर श्रमिकलाई पदोन्ती अनि मोडल हाउस बनाईदिन्छु भनेर झुटो आशा देखाउने प्रथा सधैंको निम्ति बन्द हुने स्पष्ट देखा परेको छ।अब ग्रेडेशन लिस्टको आधारमा अनलाईन मार्फतबगानमा सम्पूर्ण काम कुरा हुन सके सिन्कोना बगान श्रमिकको आङमा अवस्य घाम लाग्ने छ अनि आफ्नो कामको निम्ति कुनै नेता संगठन अनि ब्यक्तिबिशेष पछाडी लागि रहन पर्ने छैन।