आईपीएलको फाइनलमा पुग्न नसकेर निराश रोहित शर्मा

IMG-20230527-WA0147.jpg

२७ मईः शुक्रवार राति खेलिएको आईपीएल २०२३-को क्वालीफायर २ म्याचमा मुम्बई इण्डियन्सलाई ६२ रनले पराजित गरी गुजरात टाइटन्सले लगातार दोस्रोपल्ट फाइनलमा स्थान बनायो। गुजरातले म्याचमा मुम्बई इण्डियन्सलाई २३४ रनको लक्ष्य दिएको थियो तर मुम्बईको टीम १८.२ ओभरमा १७१ रन बनाएर अलआउट भयो। गुजरात टाइटन्सले अब आइतवार खेलिने फाइनलमा चेन्नई सुपर किंग्सको चुनौती स्वीकार्नेछ। क्वालीफायर म्याचमा हारेर फाइनलमा पुग्न नसक्दा पाँचपल्टका च्याम्पियन मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा निराश देखिए। म्याच हारेपछि रोहितले शुभमन गिलको प्रशंसा गर्नको साथै गुजरातले २५ रन अतिरिक्त बनाएको अनि उनको टीमबाट ब्याटिंगमा कसैले ठूलो इनिंग्स खेल्न नसकेको बताए। रोहितले भने, यो एउटा असल टोटल थियो अनि गिलले असाधारण ब्याटिंग गरे। विकेट ब्याटिंगको निम्ति राम्रो थियो। उनीहरूलाई २५ अतिरिक्त रन प्राप्त भयो। ब्याटिंग गर्न ओर्लिंदा हामी सकारात्मक थियौं तर पर्याप्त पार्टनरशीप भएन। क्यामरन ग्रीन र सूर्यकुमार यादवले असल ब्याटिंग गरे तर हामीले दिशा गुमायौं।हामीले पावरप्ले-मा केही विकेट गुमायौं अनि यस्तो लक्ष्यलाई खेदो गर्दै गति प्राप्त भएन। हामीलाई शुभमन गिलले जस्तै ब्याटिंग गर्दै एकजना ब्याटर चाहिएको थियो तर यस्तो हुन सकेन। जे भए पनि यस जीतको श्रेय गुजरात टाइटन्सलाई जान्छ। उनीहरूले असल क्रिकेट खेले।

म्याचको अवधि साथी खेलाड़ी क्रिस जोर्डनको कुहिनाले आँखामा लाग्दा विकेटकीपर इशान किशनले मैदान छोड़्नु पऱ्यो अनि उनी ब्याटिंग गर्न आएनन्। यसबारे रोहितले भने, हामीलाई यस्तो केही हुने आशा थिएन। इशानलाई कुहिनाले लाग्यो। त्यो दुर्घटना कसरी भयो भन्ने मलाई थाहा छैन। प्रतियोगितामा खराब शुरुवातपछि लय हासिल गर्दै तेस्रो टीमको रूपमा क्वालीफायरमा पुग्दा आत्मविश्वास हासिल भयो। हाम्रो ब्याटिंग सबैभन्दा सकारात्मक कुरा रह्यो। विशेषगरी केही युवा खेलाड़ीहरूले ब्याटको साथ असाधारण प्रदर्शन गरे। हामी यस फर्मलाई आउँदो सीजनमा लैजान चाहन्छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement