गान्तोकः बौद्ध क्यालेण्डर अनुसार पालन गरिने सागा दावा पर्वको महत्त्वलाई ध्यान राख्दै सिक्किम राज्यमा मासुको बिक्री र पशुवधमा अस्थायी प्रतिबन्ध लगाइएको छ। सिक्किम सरकारको धर्म विभागले जारी गरेको अधिसूचनाका आधारमा आज २७ मईदेखि ४ जूनसम्म राज्यका सबै मासु दोकान बन्द रहनेछन्। यो अस्थायी बन्दको सम्बन्धमा विभागले दिशानिर्देश पनि जारी गरेको छ।
अधिसूचना अनुसार पशु वधमाथिको प्रतिबन्धलाई कडाईका साथ पालन गरेको सुनिश्चित गर्न घोषणा गरिएको बन्द अवधि सबै मासु दोकान पूर्ण रूपले बन्द राखिनु पर्नेछ। यस अवधि सिक्किम राज्यभित्र कसैले पनि पशुवध गरेको अथामा मासु बिक्री गरेको सूचना पाए विभागले कडा कारबाही सहित जरिमाना पनि गराउने बताइएको छ। मासु बिक्रीको बन्द अवधि कुनै पनि टार्नै नसकिने परिस्थिति जस्तै विवाह, सामाजिक समारोह वा चिडियाखानामा जनावरलाई खुवाउनका लागि मासु राज्य बाहिरबाट आयत गर्न सकिनेछ तर यसका लागि विभागवाट लिखित अनुमति लिन अनिवार्य रहनेछ। यो बन्द मासु बिक्रीको लागि मात्र हुनेछ माछाको बिक्रीमा भने प्रतिबन्ध रहने छैन्। तथापि राज्यमा माछा मार्न भने प्रतिबन्ध रहनेछ। धार्मिक महत्त्व र सागा दावाको पवित्रतालाई ध्यानमा राखेर सबै नागरिकहरूलाई मासु बिक्रीमाथिको यो अस्थायी प्रतिवन्धको अनुपालन सुनिश्चित गर्न आग्रह गरिएको छ।
-हिस