तेस्रो शतकको साथ एकाधिक रेकर्ड बनाए शुभमन गिलले

IMG-20230527-WA0140.jpg

२७ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३ को क्वालीफायर २ म्याचमा गुजरात टाइटन्सका ओपनर शुभमन गिलको विध्वंशी शतक मुख्य आकर्षण रह्यो। मुम्बई इण्डियन्स विरुद्ध यस म्याचमा टस हारेर पहिला ब्याटिंग गर्ने गत च्याम्पियन गुजरात टाइटन्सको टीमलाई गिलले फेरि एकपल्ट असाधारण शुरुवात दिलाए अनि विपक्षी बलरहरूका डटेर सामना गर्दै शतक बनाए। यस शतकको साथै गिलले एकाधिक रेकर्ड पनि बनाए। म्याचमा गिलले आफ्नो अर्द्धशतक ३२ बलमा पूरा गरे। त्यसपछि उनले परवर्ती १७ बलमा आफ्नो १०० रन पूरा गरे। उनले आफ्नो शतक ४९ बलमा बनाए। मुम्बई इण्डियन्स विरुद्ध गिल १० वटा छक्का र ७ वटा चौकाको साथ ६० बलमा १२९ रन बनाएर आउट भए। आईपीएलको जारी सीजनमा यो उनको पाँचौं शतक हो। यसरी गिल आईपीएलको प्लेअफ्-मा शतक बनाउने सबैभन्दा युवा खेलाड़ी बनेका छन्। उनले २३ सालको उमेरमा ठूलो म्याचमा शतक बनाए। यसरी गिल प्लेअफ्-मा शतक बनाउने सातौं ब्याटर हुन्। यसअघि विरेन्द्र सहवाग (१२२ रन, २०१४), शेन वाट्सन (अविजित ११७, २०१८), रिद्धिमान साहा (अविजित ११५, २०१४), मुरली विजयी (११३, २०१२), रजत पाटीदार (अविजित ११२, २०२२) र जोस बटलर (अविजित १०६, २०२२)-ले शतक बनाएका थिए। यसमा वाट्सन र रिद्धिमानले फाइनलमा शतक बनाएका थिए।
आईपीएलको जारी सीजनमा गिलले आफ्नो तेस्रो शतक बनाए। उनले यसअघि रोयल च्यालेञ्जर्स बेंगलोर विरुद्ध अविजित १०४ र सनराइजर्स हैदराबाद विरुद्ध १०१ रन बनाएका थिए। आईपीएलको एउटा सीजनमा गिलभन्दा धेर शतक केवल विराट कोहली र बटलरले बनाएका छन्। कोहलीले २०१६ अनि बटलरले २०२२-को सीजनमा ४-४ वटा शतक बनाएका थिए। गिलले आईपीएलको जारी सीजनमा अहिलेसम्म ८५१ रन बनाइसकेका छन्। यसरी उनी आईपीएलको इतिहासमा एउटा सीजनमा ८०० या त्यसभन्दा अधिक रन बनाउने चौथो ब्याटर बने। यसअघि केवल तीनजना ब्याटरले यस्तो गरेका थिए। यसमा कोहली, डेविड वार्नर र बटलर सामेल छन्। कोहलीले २०१६-मा ९७३ रन बनाएका थिए। यसरी बटलरले २०२२-मा १७ वटा म्याचमा ८६३ अनि वार्नरले २०१६-मा ८४८ रन बनाएका थिए। गिलको असाधारण फर्मले आरसीबी-का कप्तान फाफ डू प्लेसिसको ओरेञ्ज क्याप (सर्वाधिक रन बनाउने खेलाड़ीलाई प्रदान गरिने पुरस्कार) जित्ने सपना पनि भताभुंगै भयो। आईपीएल २०२३ मा ८५१ रनको साथ गिलले ओरेञ्ज क्याप हासिल गरेका छन्। डू प्लेसिस १४ वटा म्याचा आठवटा अर्द्धशतकको साथ ७३० रन लिएर दोस्रो स्थानमा रहेका छन्। यस सीजनमा ओरेञ्ज क्याप गिलले नै पाउने पनि तय भइसकेको छ कारण शीर्ष पाँचमा सामेल चेन्नई सुपर किंग्सका दुईजना ब्याटर अहिले गिलभन्दा धेरै पछि रहेका छन्। अगावै फाइनलमा पुग्ने चेन्नईका डेवोन कन्वेले ६२५ र रुतुराज गायकवाड़ले ५६४ रन बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement