सांसद विष्टले गरे उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालको भ्रमण

Screenshot_20230527_145501_WhatsApp.jpg

सिलगढी। दार्जिलिङका सांसद राजु विष्टले शनिबार बिहान उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालको निरीक्षण गरे। मटिगारा नक्सलबारीका विधायक आनन्दमय बर्मन र अन्य उनीसँग उपस्थित थिए। यस दिन उनले अस्पतालका विभिन्न वार्डको भ्रमण गरी, बिरामी र उनीहरूका परिवारसँग कुराकानी गरे। सांसदले अस्पतालका पदाधिकारीसँग पनि छलफल गरे। सांसदले अस्पतालको हालको अवस्था र सबैले उचित सेवा पाइरहेका छन् कि छैनन् भन्ने पनि सोधे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement