आईपीएल २०२३: शुभमन गिलको शतकले गुजरात टाइटन्स फाइनलमा

IMG-20230527-WA0013.jpg

२६ मईः गत सीजनको च्याम्पियन गुजरात टाइटन्सले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३ को फाइनलमा स्थान बनायो। शुक्रवार खेलिएको क्वालीफायर २ मा गुजरात टाइटन्सले पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सलाई ६२ रनले पराजित गऱ्यो। अहमदाबादमा वर्षाले गर्दा अबेर गरी शुरु भएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै गुजरात टाइटन्सले २० ओभरमा ३ विकेट गुमाएर २३३ रन बनायो। ओपनर शुभमन गिलले आईपीएलको जारी सीजनमा आफ्नो तेस्रो शतक बनाए। गिलले १० वटा छक्का र ७ वटा चौकाको साथ ६० बलमा १२९ रन बनाए। यसरी बी साई सुदर्शनले ५ वटा चौका र एउटा छक्काको साथ ३१ बलमा ४३ रन बनाए। यी दुईले दोस्रो विकेटको निम्ति १३८ रनको पार्टनरशीप गरे। कप्तान हार्दिक पाण्ड्या २८ रनमा अविजित रहे। ओपनर रिद्धिमान साहाले १८ रनको योगदान दिए। जवाफमा रोहित शर्माको कप्तानीमा रहने मुम्बई इण्डियन्स १८.२ ओभरमा १७१ रन बनाएर अलआउट भयो। सूर्यकुमार यादवले ७ वटा चौका र २ वटा छक्काको साथ ३८ बलमा सर्वाधिक ६१ रन बनाए। यसरी तिलक वर्माले ५ वटा चौका र ३ वटा छक्काको साथ १४ बलमा ४३ रन बनाए। क्यामरन ग्रीन ३० रन बनाएर आउट भए। कप्तान रोहितले ८ र टिम डेविडले २ रनको योगदान दिए। गुजरात टाइटन्सका बलरहरूमा मोहित शर्माले २.२ ओभरमा १० रन खर्च गरी सर्वाधिक ५ विकेट लिए। यसबाहेक मोहम्मद शमी र राशिद खानले २-२ विकेट लिए। गुजरात टाइटन्सले अब २८ मईको दिन खेलिने फाइनलमा चेन्नई सुपर किंग्सको चुनौती स्वीकार्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *