गान्तोक। दक्षिण सिक्किमको नाम्ची जिल्ला अन्तर्गत रातेपानी नामथाङ निर्वाचन क्षेत्रमा रहेको नामथाङ युवा परिवारको एक बैठक सम्पन्न भयो। परिवारलाई सुचारु रूपमा सञ्चालन गर्नको निम्ति लिएको नयाँ कार्यकारणी समिति गठनको निर्णय गरियो। साथै लालबीर सुब्बाको सभापतित्वमा एक नयाँ समिति गठित गरियो। समितिमा उपाध्यक्षको रूपमा भक्त प्रधान, महासचिव नवीन ढुंगेल, सहसचिव प्रनेश राई, कोषाध्यक्ष बहादुर तामांङ, सांस्कृतिक सचिव नारायण प्रधान, सामाजिक सचिव नरेन्द्र लिम्बू, खेलकूद सचिव देउकुमार तामाङ र प्रचार सचिव अभिनय गुरुङसहित पॉंचजनालाई सल्लाहकारको रूपमा चयनित गरिएको छ।
About Author
Post Views: 115