बरदाङ पाठशालामा अवकाशप्राप्त शिक्षक एमबी लिम्बूलाई ससम्मान दिइयो विदाई

IMG-20230527-WA0000.jpg

सिङ्ताम। सरकारी माध्यमिक पाठशाला बरदाङले आज अवकाशप्राप्त शिक्षक मन बहादुर लिम्बूलाई ससम्मान विदा दिएको छ। पाठशालाकी प्रधानाध्यापिका छिरिङ ओङ्मू भोटियाको निर्देशनमा बरदाङ पाठशालामा आज एक भव्य विदाई कार्यक्रम आयोजित गरियो। यस कार्यक्रममा बरदाङ वार्ड पञ्चायत तथा सभापति कुसुम तामाङ मुख्य अतिथिको रुपमा उपस्थित थिइन्। एसएमसीका सभापति टेक बहादुर सुनार, उपसभापति अनिल कुमार सुब्बा, सदस्यगणसहित गाउँले अभिभावकगण, शिक्षक-शिक्षिकागण एंव विद्यार्थीहरुका उपस्थितिमा आयोजित उक्त कार्यक्रममा अवकाशप्राप्त शिक्षक मन बहादुर लिम्बूलाई अङ्गवस्त्र ओड़ाएर तथा अभिनन्दन पत्र प्रदान गरि सम्मानित गर्दै विदाई दिइयो।

८ अगस्त १९८४ देखि सिक्किम सरकारको शिक्षा विभागमा लिम्बू भाषाको प्राथमिक शिक्षकको रुपमा सेवा पुर्याउने शिक्षक मन बहादुर लिम्बूले ३८ वर्ष ४ महिना अनि २४ दिन सेवा पुराए। शिक्षक लिम्बू बरदाङ पाठशालामा कार्यरत भएको अवधि गत ३१ दिसम्बर २०२२ -को दिनदेखि सेवानिवृत भए। मुख्य अतिथि कुसुम तामाङ, एसएमसी उपसभापति अनिल कुमार सुब्बा, प्रधानाध्यापिका छिरिङ ओङ्मू भोटियासहित अवकाश प्राप्त शिक्षक मन बहादुर लिम्बूले सम्बोधन गरेको यस कार्यक्रममा शिक्षक-शिक्षिका, विद्यार्थीहरुले विभिन्न कार्यक्रमहरु प्रस्तुत गरेर कार्यक्रमको आकर्षण बढ़ीइएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *