विधायक जिम्बाकाे बिरामी, बिपन्न परिवार, अग्नीपीडित परिवारलाई सहयोग

IMG-20230526-WA0288.jpg

दार्जिलिङ: आफ्नो विधानसभा क्षेत्रको भ्रमण अवधि जनताको समस्या तथा दु:खेसोहरू सुन्दै दार्जिलिङ क्षेत्रका विधायक निरज जिम्बाले बिरामी, बिपन्न परिवार, अग्नीपीडित परिवार आदि सबैलाई आफ्नो क्षमता अनुसार सहयोग पुर्या, उँदै आइरहेका छन्। यसैक्रममा विधायक जिम्बाले दार्जिलिङको चुङथुङ मेरिबुङ समष्टि भ्रमणको क्रममा यस क्षेत्रका विपन्न परिवारहरुलाई आर्थिक सहयोग पुर्या एको समष्टिका गोर्खा राष्ट्रीय नारी संगठनका अध्यक्ष मन्दिरा राईले जानकारी दिएका छन्। तिनले दिएको जानकारी गराए मेरिबुङ गुम्बा डाँडा निवासी बिरेन्द्र थापालाई घर निर्माणको निम्ति चेक मार्फत आर्थिक सहयोग पुर्याकए। बिरेन्द्र थापा विपन्न परिवारको सदस्य हुन् भने तिनलाई आफ्नो घर निर्माणको निम्ति धेरै आर्थिक सहयोगको खाँचो रहेको थियो। विधायक जिम्बाले समष्टि भ्रमण गरेको समयमा यसबारे आफुहरूले तिनलाई जानकारी गराएपछि तिनले तुरुन्तै आर्थिक सहयोग पुर्यालएको तिनले बताएकी छन्। यसको निम्ति चुङथुङ मेरिबुङ समष्टिको तर्फबाट विधायक जिम्बाप्रति आभार प्रकट गरेका छन्। यसैगरी, विधायक जिम्बाले लिजाहिल, लिङ्गिया अनि मेरिबुङ गुम्बा डाँडाका १५ विपन्न परिवारहरूलाई पनि आर्थिक सहयोग गर्नका साथै तारपोलिन वितरण गरेको मन्दिरा थापाले जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *