एसएमयूका दुई विद्यार्थी राष्ट्रीयस्तरको बहस प्रतियोगिताको निम्ति छनौट

IMG-20230526-WA0284.jpg

गान्तोक: सिक्किम मणिपाल विश्वविद्यालय (SMU) का दुई विद्यार्थीहरूले पर्यावरण, वन र जलवायु परिवर्तन मन्त्रालय, सरकारद्वारा आयोजित विश्वविद्यालयका विद्यार्थीहरूको लागि राष्ट्रिय स्तरको बहस प्रतियोगिता ‘युवा संसद बहस’ को पहिलो चरणमा प्रवेश गरेका छन्। विश्व वातावरण दिवसको अवसरमा मिशन जीवन (वातावरणका लागि जीवन शैली) को ब्यानरअन्तर्गत आयोजित यस कार्यक्रममा सिक्किम मनिपाल विश्वविद्यालयका दुई विद्यार्थीले सहभागिता जनाएका थिए। यस प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य देशभरिबाट चुनिएका विश्वविद्यालयका विद्यार्थीहरू बीचमा वातावरणीय समस्याहरूको बारेमा सचेत गराउँदै यसलाई बढावा दिनु रहेको छ।

यो कार्यक्रम युवाहरूका लागि विभिन्न वातावरणीय पक्षहरूमा छलफल गर्ने र दिगो जीवन प्रवर्द्धन गर्न समाधानहरू ल्याउने मञ्च हो। युवा संसदको मुख्य विषय ‘व्यक्तिगत व्यवहार र बानीले वातावरण र जलवायु परिवर्तनमा प्रभाव पार्छ’ भन्ने रहेको छ। यो राष्ट्रिय स्तरको बहस प्रतियोगिता दुई तहमा आयोजना हुँदैछ, जसमा पहिलो चरणमा शीर्ष दावेदार छनोट गर्न क्षेत्रगत प्रतियोगिताहरू सञ्चालन गरिनेछ। प्रत्येक क्षेत्र भित्रका विभिन्न विश्वविद्यालयका सहभागीहरूले अर्को चरणमा स्थान सुरक्षित गर्न एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन भने प्रतियोगिताको दोस्रो चरणमा प्रत्येक जोनबाट शीर्ष पाँच सहभागीहरूलाई आ-आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्न छनोट गरिने भएको छ। राष्ट्रिय स्तर २ मा छनोट भएका प्रत्येक विश्वविद्यालयबाट दुईजना विद्यार्थीले युवा संसदमा बोल्ने अवसर पाउनेछन् र ५ जुनमा विश्व वातावरण दिवसमा “युवा आइकन अवार्ड”बाट सम्मानित हुने भएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *