आइएस अधिकारीहरूलाई लिएर आयोजित कार्यक्रमको समापन

IMG-20230526-WA0283.jpg

गान्तोक: सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणको पहलमा हिमालय राज्यमा सेवा पुऱ्याउँदै आएका आईएस अधिकारीहरूलाई लिएर मिटिगेसन एण्ड मेनेजमेन्ट अफ् ग्लेसियल लेक आउटबर्स्टमाथि आयोजित चार दिवसीय प्रक्षिक्षण कार्यक्रमको समापन भयो। समापन कार्यक्रममा मुख्य अतिथिकोरूपमा राज्यका भु- राजस्व एवम आपदा प्रबन्ध विभाग मन्त्री केएन लेप्चारहेका थिए भने विशिष्ट अतिथिमा सचिव अनिलराज राई लगायत विभिन्न विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुङ्गा निमा लेप्चाले आफ्नो आपदालाई जराबाट नै नियन्त्रण गर्नको न म्ति विशेष गरेर ठीक योजना र कार्यक्रलाई व्यवहारमा उतार्नुपर्ने विषयमा जोड दिए। मानवद्वारा सृजित प्रकोप र प्रकृतिक प्रकोप दुवै एकै प्रकारको हुने गरेको बताए। उनले बढ्दो जनसङ्ख्यालाई समेट्न विकास महत्त्वपूर्ण भए पनि विकासका योजनाहरू सञ्चालन गर्दा जमीनको पनि सिमित हुने भएकोले यसलाई बुझ्न आवश्यक रहेको जानकारी गराए।

वर्ष २०११ को भूकम्पले मानव निर्मित धेरै सम्पदामा क्षति पुगेको स्मरण गर्दै मन्त्रीले लचिलो पूर्वाधार निर्माणबारेमा प्रकाश पारे। विभिन्न पहाडी क्षेत्रका सहभागीहरूलाई सिक्किम जस्तो सानो राज्यले आपदा प्रबन्धन विषयमाथि कसरी काम गरिरहेको छ भन्नेबारेमा जानकारी गराउने उद्देश्यले यस कार्यक्रम आयोजचना गरिएको उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *