नोडल शिक्षकहरूलाई लिएर प्रशिक्षण कार्यक्रम आयोजित

IMG-20230526-WA0282.jpg

गान्तोक: “द बर्डस एण्ड बीज टक” कार्यक्रम अन्तर्गत गेजिङ जिल्लाका नोडल शिक्षकहरूलाई लिएर पहिलो पल्ट आयोजित प्रशिक्षण कार्यकम भव्यरूपमा सफल भएको जानकारी गराएको छ। गेजिङ जिल्लाको जिल्ला पञ्चायत भवनमा आयोजित यस कार्यक्रममा एकसय भन्दा अधिक शिक्षकवर्ग र रेड रिवन क्लबका संयोजकहरूले पनि सहभागिता जनाएका थिए। उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा शिक्षा विभागका उपनिर्देशक राजेश थापा र विशिष्ट अतिथिमा सहनिर्देशक फुर छिरिङ लेप्चा रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै राजेश थापाले कार्यक्रममा उपस्थिति दिएका शिक्षकहरुलाई प्रोत्साहन गर्दै विद्यालयमा पहल गर्न आग्रह गरे। उनले विद्यालयमा टीबीबीटी जस्ता कार्यक्रमको महत्वमा जोड दिँदै विद्यार्थीहरूलाई कसरी फरक दृष्टिकोणको आवश्यक हुन्छ भन्नेबारे जानकारी गराउँदै टीबीबटीले विद्यार्थीहरूलाई चाहिने आवश्यक दृष्टिकोण पूरा गर्न सक्ने बताए।

“द बर्ड्स एन्ड द बिज टक” योजना भारतको स्पेक्ट्रम अन्तर्गत एउटा कार्यक्रम रहेको र जसको माध्यमद्वारा समर्थित 6 उत्तर पूर्व राज्यहरूमा २ मिलियन किशोरहरूसम्म पुग्ने लक्ष्य राखेको अवगत गराए। यो कार्यक्रम अरुणाचल प्रदेश, मेघालय, मणिपुर, मिजोरम, नागाल्याण्ड र सिक्किम राज्यहरूमा कार्यन्वयन भइसकेको जानकारी गराए।

यस कार्यक्रमले किशोर विद्यार्थीहरूलाई ज्ञान र सीपहरू प्रदान गर्दै आएको र विद्यार्थीहरूलाई यस कार्यक्रमको माध्यमद्वारा विभिन्न प्रकारको निर्णय लिनमा सहयोग पुग्न सक्ने उनले सम्भावना व्यक्त गरे। विद्यार्थीहरूको जिज्ञासालाई सही दिशामा लैजान साथै उनीहरूलाई खुशी, स्वस्थ र सुरक्षित राख्नमा तयार गर्ने अवगत गराए। यसका विद्यार्थीहरूको आलोचनात्मक सोच, निर्णय लिने र विश्लेषणात्मक सीपहरू, सबैभन्दा अनुभवात्मक र अन्तरक्रियात्मक रूपमा निर्माण गर्ने पाठ्यक्रमलाई बुझ्ने र प्रदान गर्न शिक्षकहरूको क्षमता निर्माणमा पनि सहयोग पुग्ने उनको भनाइ रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *