डाक पार्सलको कन्टेनरबाट वटा भैंसी उद्धार

00-1-Chheriya-Samachar-3

खोरीबारी: खोरीबारीको कल्याणपुरमा नाका चेकिङ अवधि डाक पार्सलको कन्टेनरबाट ३७ वटा भैंसी उद्धार गरेको छ भने यस घटनामा कन्टेनर चालकलाई पनि पक्राउ गरिएको छ। पुलिसद्वारा पक्राउ गरिएका चालक उत्तरप्रदेश निवासी मोहम्मद आलमको रूपमा चिन्हित गरिएको छ। नाका चेकिङ अवधि पुलिसले एउटा कन्टेनरलाई रोकेर छानबीन गर्दा भैंसी उद्धार गरेको छ।चालकले सो भैंसीको वैध कागजपत्र देखाउन नसकेपछि पुलिसले तिनलाई पक्राउ गरेको छ। सो भैंसी बिहारबाट असम हुँदै बङ्ग्लादेश तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पक्रा परेका चालकलाई आज सिलगढी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement