नयाँ संसद भवनको उद्घाटनमा ७५ रूपियाँको सिक्का जारी गरिने

00-1-Coin-75

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनको उद्घाटन समारोहको अवसरमा ७५ रूपियाँको सिक्का जारी गर्नेछन्। सिक्काको एक पट्टी अशोक स्तम्भको सिंह शीर्षमा हुनेछ, त्यसमुनि ‘सत्यमेव जयते’ कोरिएको हुनेछ। देब्रोतिर देवनागरी लिपिमा ‘भारत’ र दाहिनेपट्टी अंग्रेजीमा ‘इण्डिया’ शब्द कोरिएको हुनेछ। वित्त मन्त्रालयअनुसार, नयाँ संसद भवनको उद्घाटन समारोहको अवसरमा ७५ रूपियाँको एक विशेष सिक्का जारी गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले यो सिक्का जारी गर्नेछन्। यस ७५ रूपियाँको सिक्काको ओजन ३५ ग्राम हुनेछ। यसमा ५० प्रतिशत चाँदी, ४० प्रतिशत कपर र ५-५ प्रतिशत निकल र जिंक धातुको मिश्रण हुनेछ।

जानकारी अनुसार, यस सिक्कामा रूपियाँको चिह्न पनि हुनेछ र लायन क्यापिटल मुनि अन्तरराष्ट्रिय़ अंकहरूमा ७५ को मूल्यवर्ग लेखिएको हुनेछ। सिक्काको दोस्रो पाटोमा संसद परिसरको फोटो देखाइनेछ जबकि माथिल्लो परिधिमा देवनागरी लिपीमा ‘संसद संकुल’ र तल्लो परिधिमा अंग्रेजीमा ‘पार्लियामेन्ट कम्प्लेक्स’ शब्द कोरिएको हुनेछ। यस बाहेक यस सिक्कामा संसदको फोटो ठीकमुनि वर्ष २०२३ कोरिएको हुनेछ। यो सिक्का भारत सरकारको कोलकाता टकसालको तर्फबाट बनाइएको हो। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement