भागोप्रयुमोद्वारा माध्यमिक अनि आईसीएसई टपरहरुलाई सम्वर्दना

00-1-IMG-20230526-WA0267

मङ्पू: आज लाब्दा मङ्पू  समष्टि  भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिले मङ्पू भित्रका विधालयहरुबाट माध्यमिक अनि आईसीएसई परीक्षामा अब्बल दर्जामा उतीर्ण हुने विद्यार्थीहरूलाई  स्मृति  चिन्ह प्रदान गरेर सम्मान जनायो। पेमेन्द्र गुरुङको अध्यक्षता सम्पन्न भएको सम्वर्दना समारोहका प्रमुख अतिथि क्षेत्रीय कार्यकारिणी सभासद रतन थापा अनि अन्य अतिथिगणको बाहुलीबाट अब्बल दर्जामा उतीर्ण भएका विद्यार्थीहरूलाई स्मृति चिन्हका साथमा उपहार प्रदान  गरेर सम्मान जनाइयो।

विभोर सिङदनले संचालन गरेको कार्यक्रममा  भोइस अफ किड्समा सेमिफाइनलमा पुग्न सफल  मङ्पूकी छोरी प्रार्थना गुरुङ र जुनियर केटागोरीमा मिस इण्डिया बन्न सक्षम बनेकी सम्वर्दना मुखियालाई  पनि आयोजक पक्षले बधाई जनाउँदै उपहार प्रदान गरेर सम्मान  जनाए। भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिले यसरी नानीहरुलाई प्रोत्साहन दिंदै सम्मान जनाएकोमा मङ्पू सर्वनाम समुहका अध्यक्ष जगत राईले संस्थाको पक्षमा युवा शक्ति अध्यक्ष दिव्य प्रकाश  बमजन सचिव शरद रवत, जीटीए दार्जीलिङ जिल्ला जनसम्पर्क  अधिकारी  विज्ञान मिश्र  र सभासद रतन थापालाई  आभार व्यक्त गरेका छन्। सभासद रतन थापाले  आईसीएसई अनि माध्यमिक टपरलाई ५० हजार रुपियाँ पढ्नको निम्ति सहयोग गर्ने आजको मन्चबाट घोषणा गरेका छन्। आयोजकवर्गले मङ्पू वरिपरि विधालयका प्रधान  अध्यपकहरुलाई  स्मृति चिन्ह प्रदान  गरेर सम्मान जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement