नेपाल र भूटानमा भुइँचालोको झट्का

Earthquake-copy-1

काठमाडौं: अफगानिस्तानसहित धेरै देशहरूमा भयावह भुइँचालोपछि बुधबार राति नेपाल र भूटानमा पनि भुइँचालोको झटका महसुस गरियो। नेपालमा ४.३ र भुटानमा ३.५ तीव्रताको झटका महसुस गरियो। बिहीबार बिहान अफगानिस्तानमा फेरि ४.४ र ४.३ तीव्रताको भुइँचालोको झटका महसुस गरियो। अफगानिस्तानमा मङ्गलबार राति आएको भुइँचालो भयावह साबित भयो। भुइँचालोले एक हजारभन्दा धेरैको मृत्यु भएको छ। अपुष्ट स्रोतहरू अनुसार मृतकहयको संख्या तीन हजारसम्म पुग्न सक्छ। सयौंको संख्यामा मानिसहरू घाइते भएका छन्। धेरै जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गरिएको छ।

यस बीच बिहीबार फेरि अफगानिस्तानमा भुइँचालोको झटका महसुस गरियो। भारतीय समयानुसार बिहान ७:१८ बजे हिन्दुकुश क्षेत्रमा भुइँचालोको झटका महसुस गरियो। भुइँचालोको केन्द्र काबुलदेखि २६२ किलोमिटर उत्तर पूर्व थियो। रेक्टर स्केलमा यसको तीव्रता ४.३ मापियो। यसरी नै बिहान ९:२६ बजे पुन: अर्को झटका महसुस गरियो, जसको तीव्रता ४.४ मापिएको छ। यस बीच नेपालमा पनि भुइँचालोको झटका महसुस गरियो। भारतीय समयानुसार बिहान ३.४१ मिनटमा नेपालमा भुइँचालोको झटका महसुस गरियो। यसको केन्द्र राजधानी काठमाडौंदेखि १६१ मिलोमिटर टाडा पश्चिमतिर थियो। भुइँचालोको तीव्रता ४.३ मापियो। भुटानमा बिहान ७:५० बजे झटका महसुस गरियो, जसको तीव्रता ३.५ मापिएको छ। यहाँ ज्यानमाललाई क्षति पुगेको जानकारी प्राप्त भएको छैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *