शिक्षाविद् शान्ति प्रधानको निधनमा खरसाङ नगरपालिकाद्वारा शोक सभा

IMG-20230526-WA0270.jpg

खरसाङ: खरसाङ क्षेत्रका शिक्षाविद, समाजसेवी, आध्यात्मिक चिन्तक एंव नारी स्रष्टा साथै रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयकी पूर्व प्रधान अध्यापिका शान्ति प्रधानको निधनमा खरसाङ नगरपालिकाद्वारा शोक सभाको आयोजना गरेको छ। उक्त शोक सभा खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिस्ट्रेशनको चेयरम्यान ब्रिगेन गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त शोक सभामा शिक्षाविद शान्ति प्रधानको निधनमा गहिरो शोक प्रकट गर्दै श्रध्दाञ्जली अर्पण गरिएको छ भने उनको चिर आत्माले शान्ति पाऊन् भनी ईश्वरसित प्रार्थना गर्दै मौन धारण गरिएको छ। स्व शान्ति प्रधान विषयमा चेयरम्यान ब्रिगेन गुरुङले वक्तव्य राखेका थिए भने भाइस चेयरम्यान सुवास प्रधान, कर्मचारी प्रितमकुमार छेत्री र शिक्षिका लतिका रानाले पनि वक्तव्य राखेका थिए। उक्त शोक सभामा पूर्व नगरपालिका कर्मचारीहरू पनि उपस्थित रहेका थिए। सभामा वक्ताहरूले शिक्षाविद शान्ति प्रधानको निधनले समाजले ठूलो हिरा गुमाएको तथा खरसाङको सामाजिक, साहित्यिक, आध्यात्मिक र शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *