शिक्षाविद, आध्यात्मिक चिन्तक एंव पूर्व प्रधान अध्यापिका शान्ति प्रधानको निधन

IMG-20230526-WA0264.jpg

खरसाङ: शिक्षाविद्, आध्यात्मिक चिन्तक, समाजसेवी एंव पूर्व प्रधान अध्यापिका शान्ति प्रधानको निधन भएको छ। उनको निधन बिहीबार राती खरसाङको नयाँ बजारस्थित निजी वासस्थानमा ८५ वर्षको उमेरमा भएको छ। शान्ति प्रधान खरसाङ क्षेत्रका शिक्षा क्षेत्रका अभिभावक थिइन्। उनले आफुपछि धेरै शिष्यहरूलाई शिक्षाविदको गोरेटोमा लगेका थिए। उनको पार्थिव शरीरलाई अन्तिम संस्कार गरिएको छ। शान्ति प्रधानको निधनमा जीटीए चिफ् अनित थापाले श्रध्दाञ्जली अर्पण गरेका छन्। उनले आफ्नो फेसबुकमा खरसाङले एकजना अभिभावक गुमाएको बताएका छन् भने शिक्षाविद शान्ति प्रधानको निधनमा गहिरो शोक प्रकट गर्दै श्रध्दाञ्जली अर्पण गरेका छन्।

त्यसरी खरसाङ नगरपालिकाको पक्षबाट पनि शिक्षाविद शान्ति प्रधानको निधनमा श्रध्दाञ्जली अर्पण गरिएको जानकारी प्राप्त भएको छ। शान्ति प्रधानको निधनमा भारतीय नेपाली गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट पनि श्रध्दाञ्जली अर्पण गरिएको छ। शान्ति प्रधान गोर्खा जनपुस्ताकालय खरसाङको आजीवन सदस्या थिइन् भने केही समय अघि उनी पुस्ताकालयको रजत सदस्याबाट पनि सम्मानित भएका थिए। आज उनको पार्थिव शरीर अन्तिम दर्शनको लागि खरसाङ बजार परिक्रमा गरेर अन्तिम संस्कारको लागि लगिएको थियो। उनको अन्तिम यात्रामा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाहरूका प्रतिनिधिहरू, शिक्षाविदहरू, विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरू, साहित्यकारहरू, विद्यार्थीहरू लगायत जनसाधारण उपस्थित रहेका थिए। शिक्षाविद शान्ति प्रधानको निधनले खरसाङ क्षेत्रले अभिभावक गुमाएका छन् भने शिक्षा क्षेत्रमा गहिरो नोक्सानी भएको बताइएको छ। शान्ति प्रधान २८ जुलाई सन् १९३८ सालमा पिता स्व गणेशबहादुर प्रधान र माता स्व बिन्दुमति प्रधानको कोखबाट जन्मेकी थिइन्। उनले इतिहास सम्मान गरी अंग्रेजी भाषामा स्नातकोत्तर गरेकी थिइन् भने बीटी र बीएड पनि गरेकी थिइन्।

उनले आफ्नो शिक्षण पेशा सन् १९५७ देखि रामकृष्ण कन्या उच्चतर माध्यमिक विद्यालयको प्रधान अध्यापकको रूपमा शुरु गरेका थिए। उनले रामकृष्ण कन्या उच्चतर माध्यमिक विद्यालयको स्थापनादेखि १९९८ सम्म कार्य गरेका थिए भने १९९९ देखि २०१० सम्म आचार्य रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय खरसाङमा कार्य गरेकी थिइन्। शान्ति प्रधानले आफ्नो समयमा विभिन्न पत्र पत्रिकाहरू र पुस्कहरूमा आफ्नो रचनाहरू प्रकाशित गरेकी थिइन्। उनले हाम्रो गोर्खा संस्कृति दोस्रो भागको सम्पादन गरेका थिए। त्यसरी नै उनले विभिन्न साहित्यिक रचनाहरू साथै अनुवादहरू पनि प्रकाशित गरेकी थिइन्। उनको विवेकानन्दको कथा, नेपाली बाल साहित्य अनि ज्ञानोदय बाल साहित्य प्रकाशित गरेका छन्। उनले विशेष गरी शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए।

शिक्षाको प्रचार प्रचारको लागि ज्ञान प्रसार समिति गठन गरेर शिक्षाको प्रचार प्रसारमा ठूलो भूमिका निर्वाह गरेका थिए। उनले विभिन्न साहित्यिक, सामाजिक र आध्यात्मिक संघ संस्थाहरूसित संलग्न रहेर कार्य गरेका थिए भने विभिन्न प्रकारले आफ्नो योगदान पनि दिएकी थिइन्। शान्ति प्रधानले सन् १९८३ सालमा राष्ट्रीय शिक्षक पुरस्कार प्राप्त गरेका थिए भने १९९९ मा गाइड शिक्षा प्रसारको लागि भारत स्काउण्ट एण्ड गाइड सिल्भर स्टार राष्ट्रीय पुरस्कार प्राप्त गरेकी थिइन्। यसको साथै १९९९ मा दागोपापद्वारा लाइफ टाइम एचिभमेन्ट एवार्ड पनि प्रदान गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *