कोलकाताः भारतीय जनता पार्टी (भाजपा) को पश्चिम बंगाल एकाईको प्रदेश प्रशिक्षण कार्यक्रम शुक्रवार तारापीठ मन्दिरमा पूजा-पाठपछि शुरू भएको छ। २०२४ को लोकसभा चुनाउअघि यो विशेष प्रशिक्षण धेरै महत्वपूर्ण छ। पार्टीले पछिल्लो लोकसभा चुनाउमा राज्यको १८ सीट जितेको थियो। त्यसपछि २०२१ को विधानसभा चुनाउम पार्टीको परायजपछि यस प्रदर्शनलाई पुनः दोहोराउनु पार्टीको निम्ति ठूलो चुनौती हो। केन्द्रिय गृहमन्त्री अमित शाहले अगावै राज्य नेतृत्वलाई कम्तीमा ३५ सीट जित्ने लक्ष्य दिएका छन्। केन्द्रिय मन्त्रीहरू र केन्द्रिय स्तरका नेताहरूले सुकान्त मजूमदार, शुभेन्दु अधिकारीमाथि पूर्ण रूपमा विश्वास गर्नको साटो राज्यको समान सम्हालेका छन्। पछिल्लो लोकसभा चुनाउमा पराजित सीटहरूमा शाह बाहेक पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले तयारी गर्ने जिम्मा उठाएका छन्। यसमा अखिल भारतीय महासचिव (संगठन) बीएल सन्तोष पनि सामेल छन्। उनले सर्वप्रथम भाजपाका शीर्ष नेताहरूको साथ बैठक गर्ने छन्।
तीन दिनसम्म चल्ने यस प्रशिक्षण शिविरमा छह महिनाअघि भाजपाले राज्यको २४ पराजित विधानसभा सीटहरूको संगठनलाई बलियो बनाउनका लागि २४ पार्टी कार्यकर्ताहरूलाई विस्तारक नियुक्त गरेको थियो। लामो चयन प्रक्रियापछि ती २४ कार्य़कर्ताहरूलाई पटना पठाइएको छ। पूरा देशमा त्यहाँ प्रशिक्षण दिइन्छ। यस पाली पनि यहाँको स्थिति अनुसार काम गर्ने प्रशिक्षण दिइनेछ। संगठनको आन्तरिक मामिला भएकोले प्रदेश भाजपाले आधिकारिक रूपमा को आइरहेछ, यसको घोषणा नगर्ने फसेला गरेको छ। सूत्रहरूले यस प्रशिक्षण बैठकमा खासगरी लोकसभा चुनाउको तयारीहरूलाई लिएर नै रणनीति बन्ने पुष्टि गरेको छ।









