मोटरबाइक र साइकलको ठोक्करमा साइकल आरोहीको‌ मृत्यु

00-1-Chheriya-Samachar-3

कालचिनीः बिहीबार राती कालचिनीबाट साइकलमा सवार भएर आईरहेको एकजना युवकसित विपरीत दिशाबाट गईरहेको एउटा मोटरबाइक एक्कासी ठोक्किन पुग्दा साइकल आरोही युवक गम्भीर घाईते बनेको थियो। घाइते युवकलाई कालचिनी पुलिसको मदतमा आशङ्काजनक अवस्थामा उत्तर लोथाबारी ग्रामीण अस्पतालमा लैजाँदा चिकित्सकहरूले तिनलाई मृत घोषित गरेको थियो।
मृतक युवक ३९ बर्षीय प्रदिप चीक बडाइक भाटपाड़ा चियाबारी बासिन्दाको रुपमा चिञ्हित भएको पुलिस सुत्रले जनाएका छन्। शवलाई आज पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको पुलिस सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement