कोलकाताः पश्चिम बंगालमा पञ्याचत चुनाउ जुलाई महिनाको मध्यमा हुनसक्छ। चुनाउ आयोगले यसको सङ्केत पनि दिएको छ। यद्यपि, यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन। सम्बन्धित पर्यवेक्षकहरू अनुसार, मतदानको अन्तिम मिति समग्र वातावरणमाथि निर्भर पर्नेछ। सम्बन्धित सूत्रहरू अनुसार, सत्ताधारी पार्टीका धेरै मन्त्रीहरू र जिल्ला स्तरका नेताहरूलाई जुलाई महिनाको दोस्रो साताअघि तयारी गर्ने सन्देश अगावै गइसकेको छ।
नयाँ राज्य चुनाउ आयुक्तको नियुक्तिको निम्ति हालमा राज्य सरकारद्वारा उठाइएको कदमले प्रशासनभित्र यो चर्चा तीव्र भएको छ। प्रशासनिक सूत्रहरू अनुसार, राज्यका पूर्व मुख्य सचिव राजीव सिंहलाई १८ मईमा नवान्नले नयाँ राज्य चुनाउ आयुक्त नियुक्त गरेको थियो। राजभवनलाई स्वीकृतिको निम्ति सम्बन्धित फाइल पठाइएको थियो। यद्यपि, सूत्रहरूको दाबी छ, राजभवनको तर्फबाट शुक्रवारसम्म यसबारे कुनै सन्देश आएको छैन। नवान्नको भित्री सूत्रहरू अनुसार, यदि आज शुक्रवारसम्म सन्देश प्राप्त नभए अघिको कारबाही तय गरिनेछ।
यस घटनामा के राज्य सरकार र राज्यपालबीच फेरि मतभेट उत्पन्न हुनेछ भनी प्रश्न उठिरहेछ। पञ्चायत चुनाउलाई रद्द गर्नका लागि राज्यपालले सहमति दिइरहेका छैनन् भनी आरोप लागिरहेछ। यस सन्दर्भमा चुनाउ विशेषज्ञहरूको एक गुटले भनेको छ, एके सिंह राज्य निर्वाचन आय़ुक्तको पदबाट सेवानिवृत्त भएदेखि यो पद धेरै दिनदेखि खाली थियो। त्यसपछि सचिवलायले सौरभ दासलाई नियुक्त गरेको छ। दाससित जुड़ेका सूत्रहरू अनुसार, प्रशासनलाई पनि जुलाई महिनाको मध्यमा पञ्चायत चुनाउ गराउने तयारी गर्ने निर्देश दिइएको छ। यद्यपि, आधिकारिक घोषणा गरिएको छैन तर भित्र-भित्रै यसको तयारी चलिरहेछ।
-हिस









