हाम्रो पार्टीले मात्र पहाड अनि गोर्खाहरूलाई न्याय दिनु सक्छ: ठटाल
दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सदर ४ को युवा एकाई सहसचिव प्रवेश ठटालले समाए हाम्रो पार्टीको झण्डा।शहरको नेहेरू रोड स्थित हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सको निजि वासस्थानमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सदर ४ समष्टिका सह सचिव प्रवेश ठटाल हाम्रो पार्टीमा सामेल भए। पार्टी अध्यक्ष अजय एडवाडर्स र हाम्रो पार्टीको युवा शक्ति समुह को मुख्य संयोजक राब्गे खालिङ राईले प्रवेश ठटाललाई खदा लगाएर पार्टीमा न्यानो स्वागत जनाए।प्रवेश ठटाल दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर ७ अन्तर्गत पर्ने लाशा भिल्ला निवासी हुन। उनी भागोप्रमो युवा एकाई, अनि विध्यार्थी एकाईको एक सक्रिया नेतृत्व थिए। हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारिता देखेर उनले आज हाम्रो पार्टीमा सामेल हुने निर्णय लिएको बताए।हामो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारिता घर घर पुर्याउने तिनले वचन पनि दिए। हाम्रो पार्टीले मात्र पहाड र गोर्खाहरूलाई न्याय दिनु सक्छ भन्ने आफुलाई पूर्ण विश्वास रहेको तिनले बताए।स्मरण रहोस पहाडको कुना काप्चाहरूदेखि लिएर शहरीय क्षेत्रहरूबाट हाम्रो पार्टीमा समर्थन जनाउनेहरूको ओइरो लागीरहेको छ।









