सिलगढी: उत्तर बङ्गालमा रगतको संकट बिस्तारै बढ्दै गइरहेको छ। उत्तर बङ्गाल युनिभर्सिटीका विद्यार्थीहरू यस रक्तसंकटको सामना गर्न अगाडि आएका छन्। शुक्रबार विश्वविद्यालयको मिडिया विभागमा रक्तदान शिविरको आयोजना गरिएको थियो। यसअघि उनले सडक नाटकमार्फत सबैलाई रक्तदानबारे सचेत गराएको बताइएको छ। उक्त रक्तदान शिविरमा उत्तर बङ्गाल विश्वविद्यालयका रजिस्ट्रार नुपुर दास तथा विभाग प्रमुख सुभज्योति कुण्डु तथा अन्य प्राध्यापकहरुको उपस्थिति रहेको थियो। शिविरबाट सङ्कलन गरिएको रगत उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालको ब्लड बैंकमा पठाइने सञ्चार विभागले जानकारी दिएको छ। शिविरमा विभागका विद्यार्थीहरुले रक्तदान गरेका थिए।