कुचबिहार जिल्ला गभर्नरको कार्यालयमा सडक सुरक्षा समितिको बैठक

2e030d75-6a79-4565-ab12-6175cba7e4d2

कुचबिहार: जिल्ला सडक सुरक्षा समितिको बैठक कुचबिहार जिल्ला गभर्नरको कार्यालयमा आयोजना गरिएको थियो। बैठकमा सार्वजनिक निर्माण विभागका अधिकारी, राष्ट्रिय राजमार्गका अधिकृत, पुलिस अधिकृत, जिल्ला अधिकारी, स्वास्थ्य विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। उक्त बैठकमा जिल्लामा सडक दुर्घटना हुन नदिन के–कस्ता कदम चाल्नुपर्ने विषयमा छलफल भएको थियो। कुचबिहारका जिल्ला मजिस्ट्रेट पवन काडियानले विगत केही वर्षका सडक दुर्घटनाका प्रतिवेदनलाई विश्लेषण गरेर सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न विभागका अधिकारीहरूसँग छलफल गरिएको बताए। धेरै ठाउँमा सीसीटिभी जडान गर्ने योजना छ। दुर्घटना हुने स्थानमा दुर्घटना न्यूनीकरणका लागि गर्नुपर्ने कदमबारे छलफल गरी विभिन्न निर्णय गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement